Logo

मुख्य समाचार

राप्रपा नेपालको महाधिवेशन आगामी फागुनमा हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि हुने भएको छ ।

फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको मिति यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको हो ।

सो बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ समेत पारित गरेको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ०७ बजे