Logo

अर्थ

गरिमा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा आज (मंसिर १६ गते, बिहीबार० देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले ८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५ ऋणपत्रको अवधि ७ वर्षको रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकको ऋणपत्र खरिदका लागि छिटोमा मंसिर २० गतेसम्म र उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पौष १ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर त्रिपल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ५० बजे