Logo

Breaking News 1

सरकारले असार ३ गते सार्वजनिक बिदा दिने



काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित भैसकेको जानकारी दिएका छन् ।

 मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ४ : ४० बजे