Logo

खेलकुद

स्पेनिस ला लिगा: रियालद्वारा एथ्लेटिको बिल्बाओ पराजित



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिले एथ्लेटिको बिल्बाओलाई पराजित गरेको छ ।

करिम बेन्जेमाको गोलको सहायतामा रियालले पाहुना टोली बिल्बाओलाई पराजित गरेको हो ।

बेन्जेमाले ४०औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । रियालको यो लगातार सातौं जित हो ।

रियालले १५ खेलबाट ३६ अंक जोडेको छ । पराजित एथलेटिको बिल्बाओ २० अंकका साथ आठौं स्थानमा छ । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ३८ बजे