Logo

अर्थ

डरल र रियालको भाउ स्थिर, युरो घट्दा पाउण्ड बढ्यो


३२ जेष्ठ २०८१, शुक्रबार  

23
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा डलरको भाउ आज स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ । बिहीबार युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसामा कारोबार भएको थियो ।

आज, बेलायती पाण्उड एकको खरिद दर १७० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ १४ पैसा पुगेको छ । बिहीबार पाण्उड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा र बिक्री दर १७० रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ७ : ०९ बजे