काठमाडौं । याे वर्षकाे मनसुन नेपाल भित्रिएको छ । यो वर्ष सरदर मितिभन्दा तीन दिन छिटो मनसुन भित्रिएको हाे । मनसुन आज सोमबार (जुन १०) नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भू-भागमा केही दिनमित्रै क्रमिक रुपमा फैलिँदै जाने छ ।
प्रतिक्रिया