Logo

समाचार

‘राप्रपाले एक लाख मान्छे सडकमा उतारेको दिन राजालाई नारायणहिटी ल्याएर राख्छ’: कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जुन दिन राप्रपाले सडकमा एक लाख मानिस उतार्न सक्छ त्यो दिन राजसंस्था पुर्नस्थापनाका लागि संसदलाई कुरेर नबस्ने बताएका छन् ।

काठमाडौंमा सुरु भएको राप्रापाको महाधिवेशको उद्घाटन समारोहमा बोल्दै  थापाले जुन दिन सडकमा राप्रपाले १ लाख मानिस उतार्छ त्यो दिन राजालाई नागार्जुनबाट नारायणहिटी ल्याएर राख्ने बताए ।

अब  ‘राजा आउ देश बचाउ नभई जनता आउ राजा ल्याउ’ भन्ने बेला आएको उनको भनाई रहेको थियो । थापाले लोकतन्त्रमा राजसंस्थालाई पनि मान्यता  दिनुपर्ने बताएका छन् ।

राप्रपालाई लोकतन्त्रप्रति कुनै आपत्ति नभएको भन्दै राजसंस्थासहित लोकतन्त्रलाई अझै बलियो बनाउनुपर्ने बताए । संसद र सडकको दुवै शक्ति लिएर देशमा राजसंस्था कायम गर्नुपर्ने थापाको भनाई रहेको थियो ।

अध्यक्ष थापाले राष्ट्र निर्माणका लागि राजसंस्था र धर्म निरपेक्षता दुवैलाई निषेध नगरेर मध्यमार्गी बाटोबाट अगाडि बढ्नुपर्ने बताए ।

२०६२/६३  सालपछि राप्रपालाई विभिन्न कोणबाट बहिष्कार गरिएको भन्दै राप्रपा एक्लै संघर्ष गर्दै यहाँसम्म पुगेको उनको भनाई रहेको थियो ।

संविधानमा राजसंस्थासहित हिन्दु राष्ट्रलाई मान्यता दिन नसकेको भन्दै देशले अर्को विद्रोह थेग्न नसक्ने भएकाले राप्रपा विद्रोहमा नगएको थापाको भनाई रहेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : २२ बजे