Logo

Breaking News 1

स्थानीय, पश्चिमी र बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव, यी प्रदेशमा पर्ने छ पानी



काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल कोसी प्रदेशका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली छ ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले आज राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ६ : २३ बजे