Logo

Breaking News 1

टी-२० विश्वकप : भारतले पाकिस्तानलाई ६ रनले हरायाे



काठमाडाैं । टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएकाे छ । भारत लगातार दोस्रो जितसँगै समूहमा शीर्ष स्थानमा पुगेकाे छ ।

गएराति न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । अमेरिकाको पनि २ खेलमा ४ अङ्क छ । क्यानाडाको २ खेलमा २ अङ्क रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अङ्कमा छन् ।

भारतविरुद्ध पाकिस्तानका नसिम साह र हरिस रउफले ३-३ विकेट लिए । साहले ४ ओभर बलिङ गर्दै २१ रन दिएर ३ विकेट लिंदा ३ ओभर बलिङ गरेका रउफले पनि २१ रन खर्चिएर ३ विकेट लिएका थिए।त्यस्तै मोहम्मद अमीरले २ विकेट हात पार्दा सहिन साह अफ्रिदीले १ विकेट लिए ।

१ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान भने पुरै २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ३१ रन बनाउँदा बाबर अजाम र उस्मान खान तथा फखर जमामले समान १३-१३ रन बनाए । इमान वासिम १५ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ६ : १६ बजे