Logo

अर्थ

सुनकोशी मरिन डाइभर्सनलाई १ अर्ब बढी बजेट निकासा



काठमाडौं । अर्थ मन्त्रालयले वैशाखमा २ अर्ब ८३ करोड ९६ लाख ४६ हजार रुपैयाँ थप बजेट निकासा गरेको छ ।

विभिन्न खर्चको भुक्तानीका लागि सो रकम निकासा गरिएको अर्थले जनाएको छ । सङ्घीय संसदलाई ४ करोड ४६ लाख, अदालत (सर्वोच्च, उच्च र जिल्ला) लाई १ करोड १५ लाख रुपैयाँ निकासा गरिएको छ ।

यस्तै राष्ट्रिय गौरवका आयोजना अन्तर्गत सुनकोशी मरिन डाइभर्सनलाई नपुग भएको रकम १ अर्ब ४० करोड ५ लाख ९४ हजार रुपैयाँ थप बजेट निकासा गरिएको छ ।

कारागार व्यवस्थापन विभाग अन्त्रगतका कार्यालयहरूका लागि कैदी बन्दीको सिधा र औषधी उपचारका लागि ३४ करोड ७९ लाख , नेपाल प्रहरीका कर्मचारीलाई खाद्यान्न, तलब भत्ता र पेन्सनका लागि अपुग भएको ३४ करोड रुपैयाँ गृह मन्त्रालयलाई निकासा गरिएको छ ।

इलामा २ को प्रतिनिधि सभा निर्वाचन र बझाङ १ को प्रदेशसभा उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई १ करोड ९६ लाख ७६ हजार रुपैयाँ निकासा गरेको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कर्मचारी इन्जिनियर बेल बहादुर नेपालीको निलम्बन अवधिको तलब भत्ता भुक्तानीका लागि १० लाख ३ठ हजार रुपैयाँ थप बजेट निकासा गरिएको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १२ : ४४ बजे