Logo

मुख्य समाचार

राप्रपा महाधिवेशन: उद्घाटन सत्र सुरु, प्रधानमन्त्री लगायत नेताहरु उपस्थीत हुँदै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

१७ गतेसम्म चल्ने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछन् ।

अध्यक्षका लागि कमल थाप र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विभिन्न दलका नेताहरु सहभागी हुने बताइएको छ ।

महाधिवेशनमा भाग लिन ४ हजार ३ सय प्रतिनिधि आएका छन्। 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : ५४ बजे