Logo

अर्थ

एयरपाेर्टभित्रै नि:शुल्क यात्रु बस सेवा सुरू



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीहरुले यात्रु ठगेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले बिमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सेवा सुरु गरेको छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बस सेवाकाे शुभारम्भ गरेका हुन् । मन्त्री आलेले शुभारम्भमा  माइक्रोबसमा कोचिएर विमानस्थलको गोल्डेन गेटसम्म यात्रा गरेका थिए । 

विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा दिन लागिएकाे हो । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रु विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ०१ बजे