Logo

मुख्य समाचार

प्रहरीमा तीन पद थपिँदै



काठमाडौं । सरकारले तल्लो दर्जाका नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ।

सोमबार  बसेको  मन्त्रिपरिषद्को  बैठकले  सो  निर्णय  गरेको  हो। प्रहरी  नियमावली  २०७१  संशोधनसहित  तीन  पद थप्ने निर्णय भएको छ।

सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई र असई गरी तीन पद रहने छन्। हाल सई र असई गरी दुई पद  रहेका छन्।

त्यस्तै, हबल्दार पदमा  पनि वरिष्ठ हबल्दार, हबल्दार र सहायक हबल्दार दर्जाको व्यवस्था गरिएको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर  कुँवरका अनुसार नयाँ थप गरिएका वरिष्ठ सईहरूको सेवा सुविधा प्रहरी निरीक्षक सरह हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : ४६ बजे