Logo

मुख्य समाचार

कांग्रेस सोलुखुम्बु जिल्ला सभापतिमा शेर्पा विजयी



काठमाडौं । नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् ।

शेर्पाले ५ सय १३ मत ल्याउँदै प्रतिस्पर्धी विनोद बस्नेतलाई पराजित गरेका हुन् । बस्नेत निवर्तमान जिल्ला सभापति हुन् ।

बस्नेतले ३ सय ७१ मत ल्याएका हुन् । शेर्पा संस्थापन पक्षका मानिन्छन् ।

पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ४३ बजे