Logo

समाचार

सर्वोच्चमा आजदेखि गोलाप्रथाबाट मुद्दाको पेशी, कसरी हुन्छ गोलाप्रथा ?



काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ ।

प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको फुलकोर्ट वैठकले गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरेको थियो ।

नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो ।

‘कमन ल’ प्रणाली अपनाउने अन्य मुलुकमा जस्तै नेपालमा पनि कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार प्रधानन्यायाधीशमा थियो ।

तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीसहरुको फुलकोर्ट बैठकले प्रधानन्याधीसको अधिकार कटौती गर्दै गोलाप्रथाबाट मुद्धाको पेशी तोक्ने निर्णय गरेको हो ।

उपस्थित न्यायाधीशको संख्याका आधारमा इजलास टुंगो लागिसकेपछि उक्त इजलासले कुन मुद्दा हेर्ने भन्ने निर्धारण गर्न अर्को गोला तानिनेछ ।

‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका’ अनुसार सुरुमा बृहत् पूर्ण, त्यसपछि क्रमशः पूर्ण, एकल र संयुक्त इजलास गठन हुनेछ  । गोला तान्न एउटै रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ  ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : २७ बजे