Logo

Breaking News 1

दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बाेलाइएकाे छ । राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची भने संसद् सचिवालयले सार्वजनिक गरेको छैन । 

प्रतिनिधिसभाको आजकाे बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथी सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ छलफल र पारितका लागि प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ६ : १७ बजे