Logo

समाचार

कांग्रेसको सोलुखुम्बु सभापतिमा शेर्पा निर्वाच



काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले ५२३ मत ल्याएर सभापति निर्वाचित भएका हुन् ।  सभापतिका अर्का उम्मेदवार विनोद बस्नेतले ३७१  मत ल्याएका थिए । बस्नेत निवर्तमान सभापति हुन्।

सभापतिमा निर्वाचित शेर्पा भने सोलुदूधकुण्ड नगरपालिकाका मेयर पनि हुन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

सोलुखुम्बुमा आठ सय ९७ मत खसेको थियो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा मतदान गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  २ : ०६ बजे