Logo

समाचार

राप्रपाको महाधिवेशन आजदेखि सुरु हुने, अध्यक्षमा थापा र लिङ्देनको प्रतिस्पर्धा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि महाधिवेशन सुरु हुने भएको छ।  तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो । यो महाधिवेशनलाई राप्रपाले एकताको महाधिवेशन भनेको छ।

यो महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन्।

राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षमा प्रतिस्पर्धा नगर्ने भएका छन् । राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको हो।

महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : २८ बजे