Logo

अर्थ

नेप्सेमा आज समान्य गिरावट



काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज समान्य गिरावट आएको छ ।

आइतबार र सोमबार पहिरो गएको सेयर बजार मंगलबार १ अंकले घटेर २६ सय ३८ विन्दुमा पुगेको छ ।

यस दिन ठूला कम्पनीहरुको मापन सेन्सेटिभ इडेक्स शून्य दशमलव १८ अंकले बढेर ४ सय ९५ पुगेको छ ।

यस दिन कारोबार रकममा पनि कमी आएको छ । सोमबार ४ अर्बको कारोबार भएको सेयर बजार मंगलबार ३ अर्बमा खुम्चिएको छ ।

निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ९६ अंकले उकालो लाग्दा विकास बैंक समूह ४० र अन्य समूह १४ अंकले बढेको छ ।

यस्तै, जीवन बीमा समूह ६९ अंकले घट्दा व्यापार समूह २२ अंकले ऋणात्मक रह्यो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ३४ बजे