Logo

समाचार

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै बस्ने



काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनको सौराहमै बस्ने भएको छ ।

केन्द्रीय कमिटीका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहण पनि सौराहामै गरेर लगत्तै बैठक बस्ने बताइएको छ । महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना अहिले जारी रहेको छ । तीन घण्टाभित्रै सबै मत परिणाम आइसक्ने बताइएको छ ।

निर्वाचनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए ।

महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०६ बजे