Logo

Breaking News 1

बागमतीसहित ५ वटा प्रदेशमा बिहानैदेखि वर्षा, यस्ताे छ दिउँसाे र रातिकाे माैसम पूर्वानुमान



काठमाडाैं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार हाल कोशी, मधेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको तथा कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ६ : १५ बजे