Logo

समाचार

एमाले महाधिवेशन: अनुमान भन्दा डेढ करोड बढी खर्च



काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा अनुमान भन्दा डेढ करोड बढी खर्च लागेको छ ।

महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड खर्च बढेको  बताइएको छ । नेकपा एमालेले साढे सात करोडमा महाधिवेशन सक्ने योजना थियो ।

तर, निर्धारितभन्दा दुई दिन महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको हो । एमालेले सहमतिमै नेतृत्व चयन हुने अनुमानअनुसार दुई दिनका लागि महाधिवेशन तय गरेको थियो ।

तर, चुनाव नै हुने भएपछि महाधिवेशन चार दिन लम्बिएको हो । महाधिवेशन आज सक्ने तयारी छ ।

सर्वसम्मत हुन नसकेका पदका लागि निर्वाचन सम्पन्न भइसकेको छ । साँझसम्म मत परिणाम आउने बताइएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०६ बजे