Logo

समाचार

एमाले महाधिवेशन: मतदान सकियो, तीन घण्टाभित्र मत परिणाम आउने



काठमाडौं । नेकपा एमालेको महाधिवेशन अन्तर्गन नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ ।

२ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।

मत परिणामको नतिजा तीन घण्टाभित्र सार्वजनिक हुने बताइएको छ ।

मतदानमा एकपटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

मतदान बिहान ४ बजेबाट सुरु भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ४७ बजे