Logo

Breaking News 1

दश हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरी जनता नझुक्याउनू, नयाँले फाइल पल्टाउँदा जेल जानुपर्ला



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जनतामा भ्रम नछर्ने आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले झापाको गिरीबन्धु टी–इस्टेटको जग्गामा गर्न खोजिएको नीतिगत घोटालामा ओलीको संलग्नताको आरोप समेत लगाएका छन् ।

उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउन चेतावनी दिएका छन् ।

उनले लेखेका छन् १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू । झापा गिरीबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  यही  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १० : ४७ बजे