Logo

मुख्य समाचार

कास्कीमा बस दुर्घटना हुँदा एकको मृत्यु



काठमाडौं । कास्कीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

भैरहवादेखि बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउदुर घुम्तीमा मंगलबार बिहान दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा बसका चालक पाल्पाका ४५ वर्षीय भूपनाथ खनाल रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल स्थानीयको गोठमाथि खसेको थियो ।

घाइते हुनेमा बागलुङ नगरपालिका–६, लहरेपीपल बस्ने २९ वर्षीय शिवराम शर्मा, ठूलढुंगा बस्ने ४८ वर्षीय कृष्ण खड्का, बागलुङ–१४, बलेवा बस्ने २५ वर्षीय राजु श्रेष्ठ, उनको बुवा ८५ वर्षीय उमलाल श्रेष्ठ रहेका छन् ।

यस्तै, बागलुङकै आवारोड बस्ने ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका–४ बस्ने ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महानगरपालिका–३, राम्जाली मार्ग बस्ने २३ वर्षीया साधना उपाध्याय घाइते भएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ४४ बजे