Logo

मुख्य समाचार

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्री भएको २८औँ दिनमा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

प्रदेशसभाको बैठक दिउँसो १  बजेका लागि बोलाइको छ । शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा ३५ सदस्य रहेका छन् जसबाट मुख्यमन्त्रीलाई विश्वासका लागि १८ मत आवश्यक पर्दछ ।

गठबन्धन दलसँग मात्रै २३ मत रहेका छन् । जसमा माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद छन् ।

एमालेले विश्वासको मत नदिए पनि गठबन्धनबाट नै शाहीले सहजै विश्वासको मत पाउने देखिएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ३१ बजे