Logo

मुख्य समाचार

ओली प्यानलमा नपरेका उम्मेदवार आक्रोशित



काठमाडौं । बन्दसत्रमा ओलीले घोषणा गरेको ३०१ जनाको सूचीमा नपरेका उम्मेदवारलाई अपमान गरिएको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य पदका उम्मेदवार नरबहादुर बिकले ओली प्यानलको प्रचार भएकोमा आक्रोश व्यक्त गरेका छन् ।

अध्यक्ष ओली समूहले भोट नहाल्ने सूची भनेर महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको पर्चामा ३०१ को सूची भन्दा बाहिरकालाई भोट नहाल्न भनिएको छ ।

बिक दलित तर्फको केन्द्रीय सदस्यको उम्मेदवार हुन् भने ओलीको ३०१ को सूचीमा परेका थिएनन् । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : ४३ बजे