Logo

समाचार

चर्चित मोडल मञ्जिता केसीको जन्मदिन भुवनेश्वरी नमुना बृद्वाश्रममा



काठमाडौं । चर्चित एबम लोकप्रिय मोडल मञ्जिता केसिले यसपटकको जन्मदिन आफ्नै जन्मभुमि स्थित जुटपानी, सर्लाहीको पद्म – भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा बसोबास गर्ने ५० जना वृद्ध बृद्वालाई खाना खुवाएर मनाएकी छिन् ।

सानै देखि नाचगानमा रुचि राख्ने मञ्जिता समाजसेवामा पनि रुचि राख्ने गर्छिन् । उनिद्वारा अभिनित थुप्रै गीतहरु चर्चित छन् । उनले अभिनय गरेका गीतहरु कलाकारले देखे, खोली छेकेर, हरेक पलमा, तिम्लाई पार्दिन रुन, तिजको लहर लगायत थुप्रै गीतहरु चर्चामा छन् । समाजसेवीमा रुचि राख्ने उनी दुखी पिडितहरुलाई सहयोग गर्न मन लाग्ने बताउछिन् ।

आफू पनि समय, आयु घट्दै जादा बुढेसकाल लाग्ने र त्यस्तै वृद्ध हुने अवस्था आउने छ भन्ने सोच राखेर मैले बृद्वाश्रमलाई सहयोग गरेकी हु भनेर उनले बताईन् । आगामी दिनमा सांगीतिक क्षेत्रलाई निरन्तरता दिदै समाजसेवामा पनि अग्रसर हुने जानकारी गराईन् ।

धर्म कर्ममा रुचि राख्नुका साथै धार्मिक कुरामा पनि बिश्वास गर्ने मञ्जिता फुर्सद हुँदा मठ मन्दिरमा दर्शन गर्न जाने गर्छिन् । आगामी दिनका जन्मदिनहरुमा दुखी गरिवहरुलाई सहयोग गरेर जन्मदिन मनाउने कुरा उनले बताईन् । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : ०९ बजे