Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष (चु चे चो ला लि लु ले लो अ )

आज बन्धुवर्ग, इष्टमित्र सब विरोधी बन्लान् । खुब सोचविचार गरेर काम गर्नुहोला । यात्राको अवसर मिल्नेछ ।  

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईको आज पारिवारिक मिलन हुनेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । देखिएका समस्यामा सुधार आउनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

मानसिक तनाव झेल्नु पर्नेछ । स्वास्थमा गढबढ हुनेछ । यात्रा पनि सोचेजस्तो हुँदैन । हरेक कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आजको दिन शत्रुहरु परास्त हुनेछन् । शरीरमा पूmर्ति आउनेछ । नयाँ सामानको खरिद हुनेछ । धर्मतिर मन जानेछ । 

सिंह (मा मि मु मे मो टा टि टु टे)

कर्म क्षेत्र राम्रो हुनेछ । सबैकोे प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न मित्रले साथ दिनेछन् । भेटघाट र रमाइलोमा दिन बित्नेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

तपाईँको पराक्रम सुनेर अरु अचम्मित हुनेछन् । अत्याधिक लाभ हुने देखिन्छ । सबै क्षेत्रमा जस पाइनेछ । सुखद समाचार सुन्न पाइनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आज खर्चिलो अनि कष्टकर यात्रा हुनेछ । कार्यको अपूर्णताले मन खिन्न हुनेछ । नसोचेको खर्च हुने देखिन्छ । तपाईँको भाग्यले त्यत्ति साथ नदेला । 

वृश्चिक  (तो ना नि नु ने नो या यि यु)

आज कार्यक्षेत्रमै ब्यस्त भइनेछ । कामलाई पूर्ण सफल पारिनेछ । परिश्रमको फल पाइनेछ । कसै कसैले भने कामको आलोचना भने गर्नेछन् ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

अप्रत्यासित लाभ हुनेछ । तपाईँको बोली बिक्नेछ । गुमेको सामान पाउने सम्भावना देखिन्छ । यात्रा हुने प्रबलता छ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

खर्चभन्दा आम्दानी बढी हुनेछ । आत्मविश्वासका साथ गरेको काम सफल हुन्छ । अनावश्यक सोच मनमा आउनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

खर्च सोचेभन्दा बढी नै हुनेछ । मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । समग्रमा दिन राम्रै देखिन्छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज विद्यामा सफलता हुनेछ । अनावश्यक झञ्झटबाट मुक्त भइनेछ । घुमफिर र किनमेलमा सन्तानको साथ पाइनेछ । मन प्रफुल्ल हुनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ५ : १६ बजे