Logo

समाचार

एमाले महाधिवेशन: १४ पदाधिकारीका लागि निर्वाचन हुँदै



काठमाडौं । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशमा १९ पदाधिकारीमध्ये अध्यक्षसहित १४ जना पदाधिकारीमा निर्वाचन हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष र सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

निर्वाचनबाट १ जना अध्यक्ष, ६ जना उपाध्यक्ष र ७ जना सचिव निर्वाचित हुनेछन् । पाँच पदाधिकारी भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : १९ बजे