Logo

समाचार

एमाले बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित



काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ताको समयावधिमा पोखरेलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०७ बजे