Logo

विश्व

पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प



काठमाडौं । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा केन्द्र विन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन् । भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन् ।

त्यस्तै, भूकम्पमा कम्तिमा १० जना मानिस घाइते भएका छन् । भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ४ : ५८ बजे