Logo

मुख्य समाचार

कांग्रेस अधिवेशन: काठमाडौं जिल्ला सभापतिमा बानियाँ विजयी



काठमाडौं ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित भएका छन् ।  निर्वाचनमा बानियाँको प्यानलनै विजयी भएको हो ।

प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित भएका हुन्। बानियाँले १९५७ र कार्कीले १०८९ मत पाएका छन् ।

बानियाँलाई प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवा र  कृष्णप्रसाद सिटौलाको समर्थन रहेको थियो ।

यस्तै, उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भएका छन् । सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी विजयी भएका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ४ : ५३ बजे