Logo

विश्व

ओमिक्रोन पुष्टि भएपछि अमेरिकाको न्यूयोर्कमा संकटकाल घोषणा



काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि अमेरिकाको न्यूयोर्कमा संकटकाल घोषणा गरिएको छ ।

न्यूयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेका हुन् । उता न्युजिल्याण्डमा तीन साताका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि लकडाउन लागु गरिएको छ ।

लकडाउनका समयमा पसलहरु बन्द रहने न्युजिल्याण्ड सरकारले जनाएको छ ।

कोरोनाका नयाँ भेरियन्ट दक्षिण अफ्रिकाबाट देखा परेको हो । यो भाइरस अन्य धेरै मुलुकहरुमा पनि फैलिइसकेको हुन सक्ने अनुमान गरिएको  छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : १७ बजे