Logo

Breaking News 1

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी


११ जेष्ठ २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, रमेश लेखक सहभागी छन् ।

सहकारीको बचत रकम अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न गठित कार्यदलमा आएका प्रस्तावबारे छलफल गर्न लागिएको बताइएको छ ।

प्रतिपक्ष नेपाली कांग्रेस समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने अडानमा छ । सत्तापक्ष रविको नाम किटान गर्न नहुने अडानमा छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ४ : ५८ बजे