Logo

मुख्य समाचार

एमाले महाधिवेशन: रावललाई ‘ब्याक’ गराउने प्रयास, रावल भन्छन्, ‘ब्याक हुने कुरै आउँदैन’



काठमाडौं । नेकपा एमालेको शुक्रबारबाट जारी महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ । आजै मनोनयन दर्ताको कार्यतालिका पनि रहेको छ ।

एमालेका उपाध्यक्ष भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेको छन् । जसबाट अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मतीमा फेरी अध्यक्ष दोहोरिने इच्छामा ठेश लागेको छ ।

यद्धपि रावललाई अझै पनि अध्यक्षमा उम्मेदवारी दिनबाट ब्याक गराउने र ओलीलाई सर्वसम्मती रुपमा अध्यक्ष बनाउने प्रयास भने जारी रहेको स्रोतले जानकारी दिएको छ ।

तर, अहिले यो समाचार तयार पार्दासम्ममा स्रोतले दिएको जानकारी अनुसार रावल आफ्नो अडानमा कायम रहेका छन् ।

उनले आफू कुनै पनि हालतमा ब्याक नहुने अडान लिएका छन् । ‘ब्याक हुने कुरै आउँदैन । आज उम्मेदवारी दिन्छु’, रावलले स्रोतलाई बताए ।

रावलले उम्मेदवारी फिर्ता नलिने अडान लिएपनि रावललाई फकाउने प्रयास भने जारी नै रहेको छ । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ३२ बजे