Logo

Breaking News 1

सहकारी छानबिन प्रकरण : कार्यादेश टुंगाे लगाउन गठित कार्यदलको बैठक सुरु


११ जेष्ठ २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको हो ।

यसअघि हिजो बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको थियो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्ने विषयमा सहमति नजुट्दा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १० : १८ बजे