Logo

Breaking News 1

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने


११ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्नेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बिपक्षी दलको मागमा सत्तापक्ष र बिपक्षबीच सहमति हुन सकेको छैन । समिति गठर्नेबारे छलफल गर्न बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको भएपनि कार्यक्षेत्रका विषयमा सहमति नजुट्दा ती प्रयास असफल हुँदै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्ने र पारितका लागि पनि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बिपक्षीले निरन्तर संसद् अवरुद्ध बनाएपछि सरकारले नीति तथा कार्यक्रम पनि बहुमतले पारित गरेर अघि बढ्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ७ : १० बजे