Logo

धर्म / संस्कृति

आजको राशिफल


११ जेष्ठ २०८१, शुक्रबार  

92
Shares

काठमाडाैं । आज मिति २०८१ जेठ ११ गते, शुक्रबार २४ मे २०२४। ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि, १९ः१४ बजेपछि द्वितीया। अनुराधा नक्षत्र, १०ः१९ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक।

मेष
सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ।

वृष
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ ।

मिथुन
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।

कर्कट
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ।

सिंह
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन हार्न नसक्दा दुस्ख पाइनेछ। काम बने पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।

कन्या
पहिलेको सफलताले नयाँ कामतर्फ अग्रसर भइनेछ। सोचेजस्तै सफलता पनि मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ।

तुला
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। तर आत्मविश्वासको कमीले काममा पछि परिनेछ। अरूको भरपर्दा काम पूरा नहुन सक्छ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ।

वृश्चिक
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ।

धनु
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ।

मकर
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ।

कुम्भ
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।

मीन
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ६ : ०१ बजे