Logo

समाचार

‘मूल मुद्दामा समान धारणा बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक’: प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मूल मुद्वामा समान धारणा बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन पुग्नुभएका देउवाले उद्घाटन सत्रलाई सम्बोधन गर्दै मूल मुद्दामा समान धारणा बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

सम्बोधनका क्रममा देउवाले विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्ने बताए । उनले भने, ‘हामीबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।’

सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको रहेको प्रधानमन्त्री देउवाले प्रस्ट पारे ।

संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले भूमिका खेल्नुपर्ने पनि उनले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ३ : १२ बजे