Logo

समाचार

एमाले महाधिवेशन सुरु, प्रधानमन्त्री देउवा पनि पुगे



काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

चितवनको नारायणी नदीको किनारमा भव्य समारोहकाबीच महाधिवेशन सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मञ्चबाट रिमोट थिचेर झन्डोलोत्तन गरेर महाधिवेशन उद्घाटन गरेका हुन् । 

महाधिवेशनमा देशभरबाट करिब २ हजार बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यस्तै, आजको उद्घाटन सत्रमा भने देशभरबाट करिब ५ लाख नेता कार्यकर्ताहरुको उपस्थित हुने एमालेले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमालेको महाधिवेशनमा सहभागी हुन पुग्नु भएको छ । उहाँ उद्घाटन समारोहमा सहभागी हुनु भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले उद्घाटन मन्तव्य राख्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०७ बजे