Logo

विश्व

कोइलाखानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु



काठमाडौं । साइबेरियाको एउटा कोइलाखानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।

४९ जनालाई उद्धार गरि उपचारको लागि अस्पताल भर्ना गरिएको छ । अझै खानी भित्रै केहि कामदार हराइरहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कोइलाको धुलोमा आगो लागेपछि निसास्सिएर उनीहरुको मृत्यु भएको बताइएको छ । हराइरहेकाहरु जिवित भेटिने सम्भावन कम रहेको बताइएको छ ।

केहि घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ४३ बजे