Logo

Breaking News 1

सम्पत्ति विवरण : प्रधानमन्त्री प्रचण्डसँग बैंकमा नगद २५ लाख



काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा १४ कठ्ठाको घरघडेरी रहेको उल्लेख छ । जुन स्व. श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा जनाइएको छ ।

त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १२ मा एक कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । २५ लाख रुपैया बैंक, वित्तीय तथा सहकारी संस्थामा रहेको विवरणमा जनाइएको छ ।

सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री प्रचण्डको विवरणमा पाँच तोला सुन राखिएको छ । जुन प्राप्तिको स्रोत पैतृक देखाइएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ४ : ३२ बजे