Logo

Breaking News 1

जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गराउन फिनल्याण्डले नेपाललाई १३ मिलियन युरो अनुदान दिने



काठमाडौं । जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारले नेपाल सरकारलाई १३ मिलियन युरो अनुदान दिने सम्झौतामा आज हस्ताक्षर भएको छ । यही जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारले दिने अनुदान स्विकार गर्ने निर्णय गरे अनुसार मंगलबार दुईपक्षबीच उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र फिनल्याण्ड सरकार तर्फबाट नेपालका लागि फिनल्याण्डकी राजदूत रिना रिक्काले हस्ताक्ष गरेकी हुन् । फिनल्याडको उक्त सहयोगले नेपालको दिगो प्राकृतिक स्रोत व्यवस्थापन र स्थानीयको जीविकोपार्जनमा सहयोग पु¥याउने अर्थ मन्त्रालयका सहसचिव नेपालले बताए ।

उनले भने, ‘यस परियोजनाले जलवायु परिवर्तनले पारिरहेको असर कम गर्न र नेपाल सरकारले निर्धारण गरेका लक्ष्य पुरा गर्न कोसेढुंगा सावित हुनेछ ।’ यस परियोजनाले सुदूरपश्चिम र कर्णालीका लाखौं व्याक्ति लाभान्वित हुने अपेक्षा सरकारको छ । सहसचिव नेपालका अनुसार सरकारले उक्त रकमबाट विषेश गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा जलवायु परिवर्तनको असरविरुद्ध लड्न परियोजना सञ्चालन गर्ने छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : १२ बजे