Logo

Breaking News 1

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा कोही पनि जीवित नरहेकाे संकेत



काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा कोही पनि जीवित नरहेकाे संकेत गरिएकाे छ । राष्ट्रपति रइसी बोकेको हेलिकप्टर दुर्घटनामा परेको र त्यहाँ केही पनि जीवित व्यक्ति फेला नपरेको इरानी समाचार एजेन्सीले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्व न्यायपालिका प्रमुख रइसी इरानको आठौं राष्ट्रपतिका रूपमा २०२१ मा निर्वाचित भएका थिए । आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ९ : ४६ बजे