Logo

खेलकुद

सिरी ए फुटबलमा युभेन्टस विजयी



एजेन्सी । इटालियन सिरी ए फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा युभेन्टस, एट्लान्टा र फियोरेन्टिना विजयी भएका छन् ।

अवे मैदानमा भएको खेलमा युभेन्टसले लाजिओलाई २–० गोलले पराजित गरेको हो । जितपछि युभेन्टस १३ खेलबाट २१ अंक जोड्दै सातौँ स्थानमा उक्लेको छ ।

शिर्ष स्थानको दौडमा रहेको एसी मिलानलाई ४–३ गोलले पराजित गरेको फियोरेन्टिना छैटौँ स्थानमा छ । उसको १३ खेलबाट २१ अंक भएको छ ।

चौथो स्थानमा रहेको एट्लान्टाले स्पेजियालाई ५–२ गोलले पराजित गरेको छ । एट्लान्टाले १३ खेलबाट २५ अंक जोडेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ४ : २६ बजे