Logo

Breaking News 1

दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्दै सभामुख



काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले दिउँसो १२ : ३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन् ।

अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त वैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त वैठकको तयारी र कार्यसूचि निर्णय गर्नुपर्ने छ । सभामुखले यिनै बिषयमा परामर्श गर्न प्रमुख सचेतकहरुसँग बस्न लागेका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : ४३ बजे