Logo

Breaking News 1

आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै



काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदै छ । आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेकाे छ । 

सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।

सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ६ : ०६ बजे