Logo

Breaking News 1

उपेन्द्र यादवले दिए राजीनामा



काठमाडौं । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएको छ ।
सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिने निश्चित भएको हो ।

अध्यक्ष यादवले सरकारमा रहेर सत्तासिन दलसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने अवस्था आएकाले राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरेका छन् ।

यद्यपी जसपाले सरकारबाट बाहिरिएको औपचारिक निर्णय गरिसकेको छैन । त्यसका लागि कार्यकारिणी समिति बैठक बसिराखेको र बैठकपछि निर्णय सुनाइने जसपा प्रवक्ता मनिष सुमनले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ११ : ४९ बजे