Logo

Breaking News 1

नेकपा एसको पोलिट ब्युरो बैठक बस्दै



काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक आज बस्दै छ । सोमबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पोलिटब्युरो कमिटीको बैठक बस्ने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए ।

उनको अनुसार बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ । उनले भने, ‘११ बजे एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ ।’

बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ । एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म हुँदै छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : १० बजे